अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ” महिला कानूनी साक्षरता” कार्यक्रम

Sunday, March 9, 2025
मिति २०८१ फाल्गुन २४ गते शुभकामना साकोसको रजतबर्ष २०८१ को उपलक्ष्यमा शिक्षा उपसमितिको आयोजनामा सबै महिला तथा बालबालिकाको लागि अधिकार समानता र सशक्तिकरणको नारा सहित ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ” महिला कानूनी साक्षरता” कार्यक्रम संस्थाको मुख्य कार्यालय सूर्यविनायकमा सम्पन्न गरियो । कार्यक्रमका सहजकर्ता अधिवक्ता एबं संस्थाका उपाध्यक्ष निर्मला सुवालले नेपालको संविधान २०७२ को धारा ३८ मा रहेको महिला अधिकारहरुको व्यवस्था महिला समानता, हिंसाबाट मुक्ति , प्रजनन अधिकार, सम्पति र उत्तराधिकार, राजनीतिक सहभागिता आदि विषयको बारेमा विस्तृत जानकारी गराउनु भयो ।