आ.व २०८२।०८३ को प्रथम त्रैमासिक समिक्षा वैठक सम्पन्न

Wednesday, November 19, 2025

यस संस्थाको आ.व २०८२।०८३ को प्रथम त्रैमासिक समिक्षा वैठक मिति २०८२।०७।२८ गते शुभकामना साकोसको सभाहलमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री राम प्रसाद कासुला बाट समुद्घाटन गरी शुरु गरीएको उक्त कार्यक्रमको संचालन संस्थाका संचालक पुण्यश्वरी त्वायना ज्युले गर्नुभएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय गान ,सहकारी आस्था पाठ संचालक श्री सृजना कोजु ज्युले गर्नुभएको थियो भने उपाध्यक्ष श्री निर्मला सुवाल ज्युले उपस्थित सम्पुर्णमा स्वागत गरी २५ औ वार्षिक साधारण सभाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । वित्तिय विवरण अन्र्तगत संस्थाको लक्ष्य अनुसारको प्रगति प्रतिवेदन कोषाध्यक्ष धर्मदिप शाक्यले प्रस्तुत गर्नुभयो र संस्थाका सचिव पुष्पलाल तिमिला ज्युले संस्थाको त्रैमासिक कार्यक्रम प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थाको बारेमा समिक्षात्मक टिप्पणी राख्दै संस्थाका प्र.का.अधिकृत श्री रेश्मी श्रेष्ठ ज्युले SWOT Analysis समेत प्रस्तुत गर्नुभयो । प्रस्तुत विषय माथि छलफल पश्चाात संस्थाका प्रमुख सल्लाहकार बालमुकुन्द सुवाल ज्युले निचोड राख्नुभएको थियो । अन्तमा संस्थामा उपस्थित सम्पुर्णको जिज्ञासा मेटाउँदै संस्थाको लक्ष्य अनुसार कार्य गर्ने प्रतिबद्धताका सथा धन्यवाद दिदै संस्थाका अध्यक्ष राम प्रसाद कासुलाज्युले कार्यक्रम समापन गर्नुभयो ।