शुभकामना साकोसमा ई–टेलर सेवा शुभारम्भ

Friday, December 4, 2020
शुभकामना साकोसमा ई–टेलर सेवा शुभारम्भ
२०७७।११।१५ गते शनिवार । भक्तपुर जिल्ला कार्यक्षेत्र भई सदस्यहरुलाई बित्तिय सेवा प्रदान गर्ने उद्देश्यले २०५७ सालमा स्थापित शुभकामना बचत तथा ऋण सहकारी संस्थाले २०औ बसन्त पार गरी सक्दा डिभिजन सहकारी कार्यालय भक्तपुरवाट उत्कृष्ट सहकारी संस्था सम्मान २०६५, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) वाट बागमती प्रदेशको उत्कृष्ट सहकारी २०७४ सम्मान प्राप्त गर्नुका साथै एशियाली ऋण महासंघ (अक्कू) वाट एक्सेस सिल्भर ब्राण्ड २०१६ र २०१७ प्राप्त गर्न सफल यस संस्थाले सदस्यहरुलाई प्रबिधियुक्त सेवाहरु बिस्तार गर्दै जाने योजना अनुसार शुभकामना ई–टेलर सेवा संस्थाको अर्ध बार्षिक समिक्षा गोष्ठीको अवसरमा अध्यक्ष श्री रामप्रसाद कासुलाले शुभारम्भ गर्नु भयो ।
हाल ८,२०० सदस्यहरु मार्फत रु १ अर्ब २० करोड को कारोवार भई रहेको यस संस्थाको अर्धबार्षिक समिक्षा गोष्ठीमा सचिव श्री पुष्पलाल तिमिलाले आ.ब.२०७७।०७८ को नीति तथा कार्यक्रम र कार्ययोजनाहरु मध्ये सम्पन्न कार्यक्रम तथा गर्न बाकी कार्यको बिषयमा समिक्षात्मक प्रस्तुती गर्नु भयो भने कोषाध्यक्ष श्री बलराम जु श्रेष्ठले आर्थिक बिवरण प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा नवगठित उप समितिका पदाधिकारीहरुको परिचय साथ स्वागत गर्नु हुदै यस चुनौतिपूर्ण बर्तमान समयमा संस्थाको लक्ष्य हासिल गर्न संचालक समिति, लेखा समिति, बिभिन्न उप समिति तथा कर्मचारीहरु सामुहिक प्रयासले मात्र सम्भव हुने भएकोले सहकारी ऐन, नियम र सिद्धान्तको आधारमा अगाडी बढ्न अध्यक्ष ज्यूवाट निर्देशन दिनु भयो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत राध्येश्याम दुवालले संस्थाको शुभकामना स्मार्ट बैकिङ्ग सेवामा ई–टेलर सेवा थप गरिएको र यो सेवा प्रयोग गर्न संस्थाले निशुल्क शुभकामना स्मार्ट बैकिङ्ग सेवा उपलब्ध गराउदै आएको जानकारी गराउदै शुभकामना ई–टेलर अत्यन्तै सजिलो, छिटो र सुरक्षित रहनुका साथै यसले चेक काट्ने झन्झटलाई अन्त्य गरिदिएको बताउनु भयो र शुभकामना स्मार्ट बैकिङ्ग सेवा अधिकतम प्रयोग गर्नु हुन अनुरोध गर्नु भयो ।